ट्राजिक बिरालु अनि म

हरेक साँझ म्याउ म्याउ गर्दै आउने एक बिरालु ४ दिन भयो खै आएको थिएन । त्यो दिन पनि साँझ परिसक्यो , खोइ आउँदैन त । भुँडी अलि ठूलो थ्यो , टाउको सानो देखिन्थ्यो । भुँडी ठूलो भएका कारणले पनि होला मम्मी भन्नु हुन्थ्यो यस्को पेटमा पक्कै ६ वटा छाउरा हुनु पर्छ । म अचम्मित हुँदै पेट हेर्नकालागि समात्न भन्दै पछि भाग्थे बिरालु नसकी नसकी भए पनि भाग्थ्यो , समात्न सक्दैन थिए मैले । भाई किताब पल्टाएर पिडिमा बस्दै थ्यो , मम्मी भान्सामा खाना पकाउँदै हुनुहुन्थ्थो अनि बुवा चै बार्दलीमा बसेर रेडियो ट्युन गर्दै हुनुहुन्थ्यो , सायद समाचार सुन्नकालागि होला । केही समय पछि खाना पाक्यो, मम्मीले खाना खान आउनुस भन्नु हुन्छ , भाइ, म, बुवा खाना खान भान्सा तिर के छिर्न आटेका थियौ , म्याउ म्याउ गर्दै  कराएको आवाज आउँछ । म खाना छाडेर बाहिर दगुर्छु । उही बिरालु , सायद भोक लागेको हुनु पर्छ । अलि कति दुध-माम  दिनु भो मम्मिले अनि सुरुक्क पुरै चाटेर खायो । अनि एकै छिनमा बाटो लाग्यो । हामी पनि खाना खायौ अनि सुत्न गयौ ।


अर्को दिन घर माथिको ठुलो जोगिको कुटिमा यसै गएको थिए , त्यहाँ ७ जना जोगि  थिए । सबै आफ्नो आशनमा मन्त्रमुग्ध बसिरहेका थिए । म त्यहाँ प्रबेस गरे पछि उनी सबैको ध्यान भंग हुन्छ ।


“के कति कामले आयौ बाबू?” ’em मध्ये अलि सिनियरले भने ।
“घरमा बस्दा अलि बोर लाग्यो त्यसैले यता आएको।” मैले जवाफ दिए ।
ए ए भन्दै मुसुक्क हाँस्छन अनि आफ्नै कुरामा लाग्छन ।
मेरो ध्यान मोबाइलमा थियो यतिकैमा बिरालु भन्दै गफ गरेको सुने । म झसंग भए , सायद त्यहि ठुलो भुँडी भएको बिरालुको कुरा गर्दै थिए होला जोगी महाराजहरु ।


“एउटा अलि ठूलो पेट भएको बिरालु आउँथ्यो खै आको छैन आज ५ दिन भयो।” अलि सानो जोगिले भने ।
“खै ब्याउनी (प्रसुती हुने) बेला भएको थियो होला । ६ वटा त थियो कि छाउराहरु।” अर्काले भन्छन ।
“हिजो हाम्रै धन्सार (ब्यबस्थित गाई-गोरु-भैंसी गोठ) तिर म्याउ म्याउ गरि कराउँदै थियो।” अर्का जोगी अलि भकभकाउँदै बोले ।
जुरुक्क उठी हेर्न जाउँ जाउँ भैरहेको थियो , तर गईन । मनमा अनेकौ प्रश्नको कालो आँधिबेरी मडारियो , म उकुस मुकुस भईरहेको थिए । के भयो होला त्यो बिरालुलाई ? किन आउँदैन ? यतिका दिन पनि ? खाइ दियो कि के हो ? घर त नछाड्नु पर्ने यसै ?
अर्का बोल्छन “सेतो सेतो ढाडे बिरालो पनि तेसैको पछि लागिरहेको थियो । जब बच्चा पाउँछ नि तेसपछी आमाले नदेख्नी गरेर ती सबै बच्चा खाइ दिन्छ त्यो ढाडेले । कति निर्दयी पो हुन्छ ती कलिला छाउराहरुलाई आफ्नो भोजन बनाउँछ ढाडेले ।”
म झन आत्तिए , ढुक ढुकी झन तेज भयो । के गरु कसो गरु भयो । त्यो बिरालु प्रती एकदम करुणा जागेर आयो , निराश बनायो । त्यो दिन पनि यसै बित्यो । मनमा अनेकौ प्रस्न खेली रहेको थियो । सायद भोलि बिहान आउँछ कि भनी मनमा आशा थियो ।
“सुबहके किरण कौन से सन्देश लाएगी , रिम झिम सि गुनगुनाएगी या प्यास अधुरी रह जाएगी” भनेझैं म भोलिको बिहान कुरिरहेको थिय । खै किन त्यो बिरालु प्रती यति सहानुभुती किन जागिरहेको थियो आफैलाई पत्तो थिएन ।


बिहानै ६ बजे आँखा खुल्नासाथ जुरुक्क उठेर कोठाबाट बाहिर निस्किए । यता उता हेरे , अँह बिरालु देखिन । मन खिन्न भयो , रुन मन लाग्यो । पिडिमा टुक्रुस्स बसेर यता उता हेरिरहे , अहँ ! कतै बाट आएन बिरालु । यतिकैमा दैनिक नित्यकर्म गेरेर म नास्ता खान के लागेको थिए , भान्साको दैलोमा आएर म्याउ म्याउ गरि ३ पटक करायो । मनमा आनन्द छायो , फन्नक्क फर्केर हेरे , तेहि बिरालु तर पेट भनी अलि सानो तर अलि लत झल्यांग झुन्डिएको । समातेर चुप्पा खाउ जस्तो लागिराको थियो , समात्न खोजे अहँ सकिन । एकै छिनमा नास्ता सकाएर दैल्ठेला बाट के बाहिर निस्किन लागेको थिय त्यहि बिरालु म तिर आइरहेको देखे । मुखमा एउटा बच्चा थियो । म नजिक ल्याएर भुइमा राख्यो अनि फेरि एकलहरमा कराउन थाल्यो । बच्चालाई यसो नियालेर हेरेको त टाउको नै छैन । अरु बच्चा कता होलान ? कि जोगीले भने जसरी ढाडेले खाइदियो ? किन मरेको बच्चा पनि लियेर आयो होला ? अनेक प्रश्ननले जाल बिछायो मनमा । मम्मी पनि बाहिर आएर हेर्नू भो । “लौ खाइदिएछ त्यो मर्न नसकेको ढाडेले” भन्दै मम्मी कराउन लाग्नु भो । मलाई झन निराश बनायो मम्मिको त्यो शब्दले । त्यहि ढाडेले खाइको पक्का पक्की भयो । बिरालु भने लगातार कराइ रहेको थियो । त्यो कराइमा आमाको ठुलो मातृत्वभाब पाउँथे । आफ्ना बच्चा प्रतिको माया , ममता मनग्य पाउँथे । शायद बच्चा ल्याइदिन मलाइ आव्हान गरेको हो जस्तो लाग्थ्यो । म पनि कहाँबाट ल्याउन सक्थे ? यस्को दुध रन्किएर हो कराको भन्दै मम्मि भित्रबाट चिच्याउनु भयो । अलि कति दूध दिए पछि सुरुक्क त्यहि बच्चालाई मुखमा च्यापी आफ्नो बाटो लाग्यो । भोलि पनि यसै गरि आउलाकी भन्ने आशा थियो तर आएन , कहिले फर्केर आएन । आज पनि बिरालु देख्ने बित्तिकै त्यहि बिरालुको झझल्को आउँछ । कता छ होला ? मर्यो कि जिउँदै होला ? यस्ता प्रस्न मनमा खेलिहाल्छ ।समाप्त।


ख्या सु


ट्राजिक बिरालु अनि म ट्राजिक बिरालु अनि म Reviewed by Nepali kanchi on April 16, 2017 Rating: 5

No comments:

Powered by Blogger.