🔥 Hot Nepali 18+ Stories

Daily bold content on NepaliKanxi Blog

Read Now

बोक्सीको आरोप लगाइ रसुवामा एक महिलाको हत्या गरिएको छ...watch the video...

रसुवा, वैशाख १९ - बोक्सीको आरोप लगाइ रसुवामा एक महिलाको हत्या गरिएको छ ।
भिडियेा हेर्न side केा link मा click गर्नुहेास्।।।
यार्सा गाविस वडा नं ९ घोर्मु गाउँमा बोक्सीको आरोप लगाउँदै केही व्यक्तिले एक महिलाको हत्या गरेका छन् । बोक्सीको आरोपमा यार्सा ९ की अन्दाजी ५५ वर्षीया तुलु सार्की थिङको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन मार्फत बताएको हो ।

हत्यामा संलग्न यार्सा ९ का २७ वर्षीय मृतकका भतिजा कान्छा सेर्पा, भतिजी बुहारी ४० वर्षीया लवाङ बुटी र भोर्ले २ का साहिँला भनिने ५० वर्षीय छेनुर्वु तामाङ रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइ सकिएको जिल्ला प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिएका छन् ।

बोक्सीको आरोप लगाउँदै गत चैत ५ गते अमानवीय व्यवहार गरी गाउँ निकाला गरेपछि केरुङतर्फ गएका तुलुलाई पुनः गाउँमा बोलाई यही वैशाख ४ गते घरको आँगनमा कुटपिट गरी गाउँबाट पश्चिमतर्फ रहेको सल्लाघारी जङ्गल बीचमा लगेर खाल्टो खनि जिउँदै आगो लगाई पुरेको भेटिएको जनाइएको छ ।

प्रहरीले मृतकको शव उत्खनन गरी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँमा पठाइएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाले प्रहरीलाई कहीँ कतैबाट सूचना प्राप्त नभए पनि हल्लाका आधारमा अनुसन्धान गर्दै जाँदा १५ दिनको अन्तरालमा घटना पत्ता लगाई अपराधी पक्राउ गर्न सफल भएको बताएको छ ।
बोक्सीको आरोप लगाइ रसुवामा एक महिलाको हत्या गरिएको छ...watch the video... बोक्सीको आरोप लगाइ रसुवामा एक महिलाको हत्या गरिएको छ...watch the video... Reviewed by Nepali kanchi on May 01, 2016 Rating: 5

No comments:

Powered by Blogger.