🔥 Hot Nepali 18+ Stories

Daily bold content on NepaliKanxi Blog

Read Now

जिउमा दाँतले टोकेर गरिने अनौठो दन्ते मसाज, केवल सेलिब्रेटीले मात्र पाउँछन् सेवा......

दुनियामा किसिम किसिमका मसाज उपलब्ध छन् । कतै जिउमा सर्पले मसाज गरिदिने त कतै शंखेकिरा र चिप्ले किराले । अनि कतै हात्तिले कुल्चिन लगाएर मसाज गराउने ।

तर पिठ्युँमा दाँतले टोकेर मसाज गरेको कुरा भने सायद तपाइँले सुन्नुभएको थिएन होला । सुन्दैमा सबैभन्दा युनिक तथा अनौठो लाग्ने यो मसाजको नयाँ काइदा पनि आइसकेको रेछ । तर यो मसाज सबै झारेझुरेलाई भने उपलब्ध रहेनछ । केवल ए क्लास सेलिब्रेटीलाई मात्र रहेछ अमेरिकामा ।

अमेरिकाको न्युजर्सीमा बस्ने डाक्टर डर्फ भन्ने डोरोथी स्टीन आफ्नो अनौठो मसाज थेरापीका लागि आजकल चर्चामा छिन् । आफ्नी आमालाई मसाज गर्दागर्दै उनले यो नयाँ मसाज विधिको आविष्कार गरेकी रहेछिन् ।

डोरोथी आफ्ना दाँतले ग्राहकका पिठ्युँमा टोकेर मसाज गरिदिन्छिन् । जसबाट मसाज गराउनेलाई निकै आनन्द मिल्ने दाबी उनकेा छ । कतिपय रकस्टार ग्राहकहरु पिठ्यु मात्र नभएर अगाडिको भागमा पनि दाँते मसाज गर्न लालायित हुने गरेका बताउँछिन् ।

उनका अनुसार सुरु सुरुमा उनी आफैले आफ्नो मनपर्ने रकस्टारसँग भेट्नका लागि यस्तो दाँते मसाजको अफर गर्दथिन् । विस्तारै यो मसाज सेलिब्रेटीहरुबीचमा निकै लोकप्रिय बन्न पुग्यो ।  उनको दाँते मसाज महंगो छ ।

एकपटक मसाज गरेको १६ हजार रुपैयाँ बराबरको रकम शुल्क तिर्नुपर्छ । उनले साधारण मानिसलाई सेवा दिँदिनन् केवल सेलिब्रेटीको मात्र जिउ टोकिदिन्छिन् ।
जिउमा दाँतले टोकेर गरिने अनौठो दन्ते मसाज, केवल सेलिब्रेटीले मात्र पाउँछन् सेवा...... जिउमा दाँतले टोकेर गरिने अनौठो दन्ते मसाज, केवल सेलिब्रेटीले मात्र पाउँछन् सेवा...... Reviewed by Nepali kanchi on May 04, 2016 Rating: 5

No comments:

Powered by Blogger.