🔥 Hot Nepali 18+ Stories

Daily bold content on NepaliKanxi Blog

Read Now

जापानीहरू धेरै बाँच्नुको पछाडि यस्तो रहेछ कारण…

सन् १९६० मा जापानी जनताहरूको औषत आयु ६७ वर्ष रहेको थियो भने हाल उनीहरूको औषत आयु विश्वकै सबैभन्दा धेरै- ८३ वर्ष हुन पुगेको छ। हालै भएको एक खोजबाट जापानीहरू धेरै वर्षसम्म बाँच्नुको पछाडि रहेको कारण पत्ता लागेको छ- स्वस्थ खाना!
विश्वकै सबैभन्दा कम मृत्युदर भएको जापानका जनसङ्ख्याले बढि कार्बोहाइड्रेट भएको, सागसब्जी, फलफूलका साथै माछा र मासु खाने गर्छन्। उनीहरूको दैनिक खानामा संतृप्त बोसो (Saturated Fats) र प्रशोधन खाद्यपदार्थको मात्रा कमि हुने र चामल अनि सागसब्जीहरूबाट पाइने कार्बोहाइड्रेटको मात्रा बढि हुने उक्त खोजबाट पत्ता लागेको छ।


सन् २००५ मा जापान सरकारले राष्ट्रको लागि एक खाद्यपुस्तिकाको सिफारिस गरेको थियो, जसमा दैनिक खानामा मिसाउनैपर्ने केहि खानेकुराहरू अनि ती खानेकुराहरूलाई पकाउने तरिकाको सूची रहेको थियो।

त्यसको १ दशकपछि, टोक्योको ‘नेशनल सेन्टर फर ग्लोबल हेल्थ एण्ड मेडिसिन’का अनुसन्धानकर्ताहरूले उक्त खाद्यपुस्तिकालाई पछ्याउँदा देशको मृत्युदरमा कस्तो प्रभाव पर्दछ भनेर खोज गरेका थिए।

उनीहरूले जापानका ४५ देखि ७५ वर्षका ३६,६२४ पुरुष र ४२,९२० महिलाहरूलाई उनीहरूको खाना र जीवनशैलीको बारेमा प्रश्न सोधे। अनुसन्धानकै क्रममा यी सबै मानिसहरूको परिवारमा अझसम्म कसैलाई पनि क्यान्सर, हृदयघात अथवा अन्य घातक रोग नलागेको पत्ता लागेको थियो। अनुसन्धान टोलीले १५ वर्षसम्म ती मानिसहरूको जीवनशैलीलाई नीरिक्षण गरिरहे।

१५ वर्षको सर्वेक्षणपश्चात, जसले उक्त खाद्यपुस्तिकालाई राम्री पछ्याए, उनीहरूको मृत्युदरमा १५% ले कमि आएको अनुसन्धानकर्ताहरूले पत्ता लगाए। साथै यस्ता मानिसहरूमा सेरिब्रोभास्कुलर रोग (Cerebrovascular disease) लाग्न सक्ने सम्भावनामा पनि कमि आएको खोजबाट पुष्टि भएको थियो। दिमागमा रगत र अक्सिजनको आपूर्तीमा कमि आउने समस्यालाई ‘सेरिब्रोभास्कुलर रोग’ भनिन्छ।



“कार्बोहाइड्रेट, अन्न, सागसब्जी, फलफूल, माछा-मासु, अण्डा, सोयाबिन, दूग्धपदार्थ, चकलेट तथा मदिराको सन्तुलित खपतले मुटु तथा मस्तिष्करोगको कारण मृत्युदरमा कम गराई मानिसको आयु बढाउनमा मद्दत गर्दछ भन्ने कुरा हाम्रो खोजले पुष्टि गरेको छ।”, खोजको नतिजाले यस्तो निश्कर्ष निकालेको थियो।

तथापी, औषत आयु बढ्नुमा केवल खानाको मात्रै भूमीका महत्वपूर्ण हुँदैन। घर, समाज र सहरको वातावरण, जीवनशैली, शिक्षापद्दती अनि नैतिकताले पनि यसमा उत्तिकै प्रभाव पारिरहेको हुन्छ। यदि घर वरिपरि स्वच्छ वातावरण छैन भने जतिसुकै स्वस्थ खाना खाएपनि त्यहाँ वरिपरि बस्ने बासिन्दाहरूको स्वास्थ्य स्थिति गिर्दै जान्छ। त्यसैले नियमित सन्तुलित भोजनलगायत वातावरणमैत्री जीवनशैली अपनाउनु अपरीहार्य हुन्छ। बिभिन्न् अनलार्इनहरूबाट साभार
जापानीहरू धेरै बाँच्नुको पछाडि यस्तो रहेछ कारण… जापानीहरू धेरै बाँच्नुको पछाडि यस्तो रहेछ कारण… Reviewed by Nepali kanchi on April 29, 2016 Rating: 5

No comments:

Powered by Blogger.