
एजेन्सी- पोर्न स्टार सन्नी लियोनले आफ्ना पतिलाई पनि बलिउड छिराउने भएकी छन्। जिस्म-२ बाट बलिउड यात्रा सुरु गरेकी लियोनले पति डेनियल बेबरलाई बलिउड भित्र्याउने कसरतमा लगेकी हुन्। भारतीय समाचार एजेन्सीका अनुसार कैजाद गुस्तानको निर्देशनमा बन्ने एक फिल्ममार्फत् लियोनले आफ्ना पति भित्र्याउन लागेकी हुन्।
सन्नी लियोनसमेतको अभिनय रहने उक्त फिल्ममा अन्य कलाकारहरुबारे खुलाइएको छैन। फिल्ममा डेनियल बेबर सन्नीकै जोडीको रुपमा देखिने कि अर्को भूमिकामा देखिने भन्ने पनि पुष्टि भएको छैन। फिल्मको सुटिङसमेत तय भएको छैन। आगामि चलचित्र रागिनी एमएमएस २ र वेलकम २ मा सन्नी लियोन देखा पर्दैछिन्। टेलिभिजन रियालिटी सो बिग बोसबाट हिन्दी सिनेमामा आएकी लियोनले यसअघि सुटआउट एट वादाला नामक चलचित्रमा आइटम डान्स गरेकी थिइन्।
पतिलाई बलिउड भित्र्याउँदै सन्नी लियोन
Reviewed by Nepali kanchi
on
July 17, 2013
Rating:

No comments: